Ad Image

कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादीले उठायाे शिवशरण महर्जनलाई उम्मेदवार

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730800996.jpeg

काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

 

आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर मेयर पदमा माओवादीले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

 

मेयर राजकुमार नकर्मीको निधन भएकाले उपनिर्वाचन हुन लागेको कीर्तिपुरमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

 

बैठकले कीर्तिपुर वडा नम्बर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको हो । 

 

कीर्तिपुर मेयरमा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर र राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।