Ad Image

कूटनीतिक मर्यादा उल्लंघन गरेकाे आराेप लागेपछि कोशीका कानुन मन्त्रीले दिए राजीनामा

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730887548.jpeg

काठमाडाैं । सुटुक्क जापान गएर विवादमा तानिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री अधिकारीले बुधवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएको उनका प्रमुख स्वकीय सचिव रेवतकुमार बस्नेतले जानकारी दिए ।

मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि उनले राजीनामा दिएका हुन् ।
अधिकारी गत कात्तिक १३ गते कूटनीतिक मर्यादा उल्लंघन गर्दै जापान गएका थिए । जापान जाँदा उनले मुख्यमन्त्री कार्कीलाई पनि जानकारी दिएका थिएनन् ।

अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा (एमाले)का सांसद हुन् ।