Ad Image

विवादबीच पाथीभरामा केबलकार शिलान्यास गर्न खाेज्दा झडप

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731072341.jpeg

काठमाडौँ, कार्तिक २३: पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ ।

 

केबलकार बनाउन दिने र नदिने पक्षमा रहेका स्थानीयबिच शुक्रबार झडप भएको हो । झडपमा सुरक्षाकर्मीसहित कम्तीमा चारजना घाइते भएका छन् ।
 

केबलकार बनाउन नदिने पक्षका चन्द्र मादेन घाइते भएका प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
 

केबलकार निर्माण क्षेत्रमा एक्स्काभेटर लैजाने विषयमा विवाद भएको हो । निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले काफ्लेपाटीबाट एक्स्काभेटर लैजाँदा आन्दोलनरत पक्षले अवरोध गरेकाे थियाे । त्यसपछि प्रहरीले एक्स्काभेटरको चाबी लिएको थियो ।
 

प्रहरीसँग चाबी माग्दै आन्दोलनरत पक्षले विरोध जनाएको थियो । सोही क्रममा दुई पक्षबिच ढुंगा हानाहान भएर झडपको स्थिति सिर्जना भएको हो ।