Ad Image

सहकारीको रकम अपचलमा मुछिएका ढोरपाटनका मेयर नेपालीको लिन थालियाे बयान

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731223229.jpg

काठमाडौँ । सहकारीको रकम ठगीसम्बन्धमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको बयान लिन सुरु गरिएको छ । 

इमेज सहकारी ठगी प्रकरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका उनीसँग पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बयान लिन सुरु गरिएको हो । 

कास्कीको सरकारी वकीलको कार्यालयमा उनको बयान लिन सुरु गरिएको छ । उनी इमेज सहकारीका अध्यक्ष र सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष हुन् ।

गत असोज ११ गते भारतबाट पक्राउ परेका उनीमाथि इमेज सहकारीको दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप छ । उनी पालिकाकाे कार्यवहाक उपमेयरलाई दिएर हराएपछि प्रहरीले निक्कै पछि भारतबाट पक्राउ गरी नेपाल ल्याएकाे थियाे ।