Ad Image

निर्वाचन नजिकिँदै गर्दा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, चुनावमा चलखेल गर्न खाेजेकाे 'आशंका'

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731229510.jpg

काठमाडौँ, कार्तिक २५: आउँदाे मंसिर १६ गते उपनिर्वाचनको तयारी भइरहदा दैलेखको महावु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चलखेल देखिएको छ । 

गाउँपालिका अध्यक्षको उपनिर्वाचन हुने तयारी भइरहदाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चलानी नम्बर नराखेरै प्रमुख प्रशासकीय अधिकृतको सरुवा पत्र पठाएको हो ।
 

चुनाव नजिकिँदै गर्दा मन्त्रालयबाट सरुवा चलखेल हुन थालेको भन्दै गाउँपालिकाले नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने पत्र पठाएसँगै विवाद सतहमा आएको छ । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायलाई दैलेखकै भैरवी गाउँपालिकामा मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेको हस्ताक्षर भएको सरुवा पत्रमा विना चलानी नम्वर राखेर पठाईएको छ ।
 

यसअघि पनि महावु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका भलाराम पंगालीलाई मन्त्रालयले कात्तिक १२ गते सरुवा पत्र पठाएपछि गाउँपालिकाका (का.वा) .अध्यक्ष मञ्जु शर्मा (पाण्डे)ले हाजिर गराउन नसक्ने व्यहोराको पत्र कात्तिक १४ गते पठाएकी छिन् । महावुमा यसअघि पनि काम गरेका पंगालीले अध्यक्ष लछुमन गुरुङ्गसँग आफ्नो कार्यकाल विवादित भएपछि छोटो समयमै सरुवा भएका थिए । फेरि निर्वाचनको नजिक भलाराम पंगाली महावुमा सरुवा भएर आएपछि विवादित भएका छन् ।
 

गाउँपालिकाका (का.वा)अध्यक्ष पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेको बेला सहमति नदिएर नयाँ प्रशासकीय अधिकृत पठाएको भन्दै गम्भीर ध्यानआर्कषण भएको भन्दै कामकाजमा खटाउन नसकिने व्यहोराको पत्र पठाएकी हुन् । 
 

‘चुनाव नजिकिँदै गरेको बेला राजनीतिक प्रतिशोधपूर्ण रुपमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएको छ’, का.वा अध्यक्ष पाण्डेले भनिन्, “प्रमुख प्रशासकीय अधिकृत रिक्त नभएको र सहमति नलिई नयाँ हाकिम पठाउने कार्य भएकाले हाजिर गराउन नसक्ने पत्र मन्त्रालयमा पठाएको छु ।” पंगाली एमाले नजिकका भएकाले चुनावमा सहयोग हुने अपेक्षाले सरुवा गरेको हुनसक्ने आंकलन समेत गरिएको छ । पंगाली यसअघि सिम्ता गाउँपालिकामा हुँदा पनि आन्तरिक कमर्चारी ब्यवस्थापनमा अध्यक्षको ईसारामा गरेको भन्दै धेरै कर्मचारीहरु असन्तुष्ट  थिए ।  
 

नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएपछि गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।