Ad Image

सुप्रिम सहकारीको रकम हिनामिनाकाे विषयमा अध्ययन गर्न रवि लामिछानेलाई लगियाे भैरहवा

User Image मेयरसाप डेस्क | ७ महिना अगाडि
Image of storage/news/1731395711.png

काठमाडाैं, कात्तिक २८: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट भैरहवा लगिएकाे छ। उनलाई बुद्ध एयरको नियमित उडानमार्फत भैरहवा विमानस्थलमा अवतरण गराइएको हो।

लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ। यसै सन्दर्भमा रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई बयानका लागि बोलाएको छ।

मंगलबार बिहानै भैरहवा ल्याउने तयारी भए पनि प्रतिकूल मौसमका कारण उडान ढिलो भएको थियो।