Ad Image

नगराइन नगरपालिकाका मेयर र उपमेयर मिले, खुल्याे कार्यालय

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731572381.jpg

जनकपुरधाम, कात्तिक २९: विगत पाँच महिनादेखि विवादको कारण दैनिकरुपमा कामकाज बन्द हुनेगरेको धनुषाको नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा आएको छ ।     
     
पालिकाको सर्वपक्षीय बैठकमा मेयर विनयकुमार यादव तथा उपमेयर राधादेवी यादवबीच दुई बुँदे सहमति भएसँगै कार्यालय सञ्चालनमा आएकाे हाे । मेयर र उपमेयरबीच दुई बुँदे सहमति भएसँगै कार्यालयको दैनिक कामकाज सञ्चालनमा आएको हो ।

 

नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि पालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्य काम ठप्प भएको थियो । त्यहाँ दैनिक जुलुश तथा नारावाजी हुने गरेको थियो ।     
     
उक्त नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमितरुपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिनुभयो ।     
     
 बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा अनिवार्यरुपमा गर्नेगरी सहमति भएको थियो । बैठकमा नगरप्रमुख यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनीधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले बताउनुभयो ।