Ad Image

काठमाडौं महानगरले गौशाला क्षेत्रमा फेरि चलाउन थाल्याे डोजर

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731662284.png

काठमाडौं, कात्तिक ३०ः गौशालामा क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले फेरि डोजर चलाउन सुरु गरेको छ ।

 

शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । केही अघि डोजरले गौशालामा बनेका ‘अबैध’ भनिएका संरचना भत्काएको थियो । बिरोध भएपछि केही समय मारबाडी सेवा समितिसँगको लफडामा परेको महानगरले फेरि गौशलामा डोजर चलाएको हो

 

महानगरले चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउँदै आएको छ ।