Ad Image

हेर्नुहोस् स्थानीय तह उपनिर्वाचनमा नागरिक उन्मुक्तिले टुंग्याएका उम्मेदवार (सूचीसहित)

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731661990.jpg

काठमाडौं, कात्तिक ३०ः मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले १७ ठाउँका लागि उम्मेदवारी टुंग्याएको छ।

 

नाउपाले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बुद्धिचन विश्वासलाई बनाउने भएको छ । त्यस्तै सुनसरीको गढी गाउँपालिका–६ को अध्यक्षमा ललित चौधरी, ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ को वडाध्यक्षमा प्रेम मादेन उम्मेदवार बन्ने भएका छन्।

 

उदयपुरको त्रियुगा नगरपालिका–१२ को अध्यक्षमा सीताराम चौधरी, उदयपुरकै बेलका नगरपालिका–९ को अध्यक्षमा भुपेन्द्र राई नाउपाबाट उम्मेदवार बन्ने भएका हुन्।

 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा शिवकुमार राम, सप्तरीको डाक्नेश्वरीकै १ नम्बरमा चन्द्रकिशोर चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ।

 

रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्षमा टेक साहिद, सोही जिल्लाको राजपुर नगरपालिका– ६ को वडाध्यक्षमा नरूद्दिन खान, गढीमाइ नगरपालिका–८ को अध्यक्षमा टेक सुनौला उम्मेदवार बन्ने भएका छन्।


त्यस्तै गोरखा नगरपालिका–५ को अध्यक्षमा सुकमाया नेपाली, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को अध्यक्षमा प्रीतिलाल थारू, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को अध्यक्षमा सूर्यकुमार चौधरी उम्मेदवार बन्ने भएका छन्।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हरिश चौधरी, कैलालीको जिसस प्रमुखमा रुक्मती थारू, बझाङको सूर्मा गाउँपालिका–४ मा रेखा जेठारा उम्मेदवार  बनेका छन् ।


मंसिर १६ गते स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

 

नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी उपनिर्वाचनमा उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा रहेका छन्।