Ad Image

कीर्तिपुरको मेयरमा नेमकिपाका महर्जनले दर्ता गराए उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731833471.jpg

काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गराएका छन् ।

 

उनले आज (आइतबार) कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

 

यसअघि मेयरमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को तर्फबाट दिलकुमार महर्जनले मनोनयन दर्ता गएका थिए ।

 

त्यसपछि स्वतन्त्र उम्मेदवार नवरथकुमार बानियाँले पनि मनोनयन दर्ता गराएका छन् ।