आज छैनन् एनपीएलका कुनै खेल


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा मंसिर आज (आइतबार) कुनै पनि खेल राखिएको छैन ।
कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका कारणले मंसिर १६ गते कुनै पनि खेल नराखिएको हो ।
सोमबार भने दुई खेल हुँदैछन् । बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन् ।
त्यस्तै, सोमबार नै दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जनकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् ।