Ad Image

कीर्तिपुर नगरपालिकामा कहाँ कहाँ भइरहेकाे छ मतदान ?

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733022659.jpg

काठमाण्डाै । कीर्तिपुर नगरपालिकामा  २० स्थानमा मतदान भइरहेकाे छ । 

बिहान ७ बजेबाट सुूरु भएकाे मतदान बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगामा भइरहेकाे छ।

त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, नजज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर मतदान केन्द्रमा पनि मतदान भइरहेकाे छ । 

नगर प्रमुख सहित २ वटा वडा अध्यक्षका लागि कीर्तिपुरमा मतदान भइरहेकाे हाे । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा न. ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।