Ad Image

ग्रामथान गाउँपालिकामा मतगणनास्थल तयार, आजै मतगणना सुरु गर्ने

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733031217.jpeg

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतगणनास्थल तयार भएको छ । आजै मतगणना सुरु गर्ने तयारी गरिएको हो । 

 

उपनिर्वाचनअन्तर्गत मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरी मतगणना गर्ने तयारी गरिएको छ ।

 

 अध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान सकिएपछि मतपेटिका संकलन हुनेछ । लगतै मतणना पनि सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर तुरून्तै गणना सुरू गर्ने तयारी भएको बताएका छन । उक्त पालिकामा दुईवटा टोली बनाएर मतणना गर्ने तयारी गरीएको छ ।