Ad Image

हेटौंडा–१२ मा आजै मतगणना सुरु हुने, मतगणना स्थल सिद्धार्थ मावि

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733042352.jpg

मकवानपुर। हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा मतदान जारी छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा जारी मतदानमा १ बजेसम्म ४ हजार २ सय २३ मत खसेको छ ।

 

निर्वाचन कार्यालयकाअनुसार प्रतिभा आधारभूत विद्यालयको मतदानस्थलबाट १ हजार ६९ पुरुष र १ हजार ३ सय १३ महिला गरी २ हजार ३ सय ८० जनाले मतदान गरेका छन् ।

 

विष्णुज्योतीको मतदानस्थलबाट ८ सय ५८ पुरुष र ९ सय ८५ जना महिला गरी १ हजार ८ सय ४३ मत खसेको छ ।

 

कुल मतदाता ८ हजार ५३ जना रहेको १२ नम्बर वडामा आधाभन्दा बढी मत खसिसकेको छ । ५ बजेसम्म मतदान गर्ने समय छ ।

 

मतगणना आजै सुरु गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन । मतगणना हेटौंडा–२, स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा हुनेछ ।

 

राति ९ बजेटबाट मतगणना सुरु गरेर २ बजेभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ वटा समूह बनाएर मतगणना गरिने बताएका छन ।

 

१२ नम्बर वडामा गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

 

उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार मैदानमा छन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट बलराम बललगायतका उम्मेदवार छन् ।