निर्विरोध निर्वाचित टीका चौधरी भुलले कैलालीमा सम्हालिन जिसस प्रमुखकाे जिम्मेवारी


कैलाली । जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुलले आज पदभार ग्रहण गरेकी छिन् ।
कैलाली जिल्ला अदालतमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि उनले कार्यभार सम्हालेकी हुन् ।
यसअघि, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
भुल नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित भएकी हुन् ।
तत्कालीन जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधन भएपछि यहाँ उपनिर्वाचन ताेकिएकाे थियाे ।
भूल एक्ली उम्मेदवार भएकाले निर्विराेध भएकी हुन् । उनकाे प्रतिस्पर्धी बन्ने काेही नभएपछि स्वत: भूल जिसस प्रमुख भएकी हुन् ।