Ad Image

गोरखा-५ मा ६२ प्रतिशत मत खस्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733058815.jpg

पोखरा । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत गोरखा नगरपालिका–५ मा ६२ प्रतिशत मत खसेको छ । यहाँ वडाअध्यक्ष पदको लागी  मतदान भएको हो ।  निर्वाचन कार्यालयका अनुसार यहाँ २ हजार २ सय २५ मतदाता थिए । जसमध्ये १ हजार ३ सय ७३ मत खसेको हो ।


गोरखकाली आधारभूत विद्यालय मतदान केन्द्रमा ४ सय ५८, शिवशक्ति आधारभूत विद्यालयको (क) मतदान केन्द्रमा ४ सय ६९ र (ख) केन्द्रमा ४ सय ४६ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए ।


संयन्त्रको बैठक बसेर आजै मतगणनाको तयारी गरिएको छ । वडा नम्बर ५ को कार्यालयमा मतगणना स्थल तयार भैसकेको उनको भनाई छ ।

२०७९ सालमा भएको निर्वाचनमा यो वडाका अध्यक्ष एमालेका खिलबहादुर राना निर्वाचित भएका थिए । अहिलेको निर्वाचनमा एमाले, कांग्रेस र माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।