Ad Image

कीर्तिपुरमा मतपेटिका संकलन सकियो, मतगणनाको पूर्व तयारी हुँदै

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733060256.PNG

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदको निर्वाचनमा झण्डै ६८ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ ।

 

निर्वाचन अधिकृतले दिएको  जानकारीअनुसार ३१ हजार १९९ मतदातामध्ये २१ हजार ३१५ मत खसेको हो । पालिकाका १० वटै वडाबाट मत पेटिका संकलन भएको छ । खाना खाएर मत गणना सुरु गर्ने तयारी रहेको छ ।

 

मेयर पदमा २० जनाले उम्मेदवार दिएका छन् भने १९ जना सक्रिय रुपमा मेयर पदका लागि प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृत इन्दु गेलालका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।