Ad Image

रोल्पाको रून्टीगढी-४ मा कांग्रेसका मगर विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067598.jpeg

काठमाडौं । रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षमा नेपाली कांग्रेसका भूपमणि पुन मगर विजयी भएका छन्।

आइतबार सम्पन्न मतगणनामा  मगर ६४३ मतसहित विजयी भएका हुन्।

मगरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बेगम पुन मगरले ५३५ मत पाए ।  यस्तै नेकपा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पहलबहादुर वलीले १० मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुन  र मंगोल नेसनल अर्गनाइजेसनका पूर्णबहादुर बुढा मगरले ७\७  मत पाए ।