महाबुको अध्यक्षमा एमालेका उम्मेदवार विजयी


काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन् ।
उनी ३ हजार १२७ मत ल्याएर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
शाहीका निकटम प्रतिस्पर्धी कांग्रेसका झलक भण्डारीले २६७५ मत ल्याए ।
यस्तै नेकपा (माओवादी केन्द्र)का जंगबहादुर बराल मगरले ८४२ मत ल्याए ।
यसअघि भएको २०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो।