कीर्तिपुरको मेयरमा कांग्रेसका डंगोलको अग्रता कायमै


काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखिरहँदा एमालेका डा. सुरेन्द्र मान्धरले पछ्याइरहेका छन् ।
कांग्रेसका डंगोलले १ हजार ३१३ मत प्राप्त गरेर अग्रस्थान हाँसील गरीरहँदा एमालेका मानन्धरले ९७८ मत प्राप्त गरेर पछ्याइरहेका छन् ।
यसपछि माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले ७१६, स्वतन्त्र उम्मेदवार दिनेश कुमारले ६३१ र राजमान महर्जनले ५२० मत पाएका छन् ।