Ad Image

आउट भए शिखर धवन, १४ रनमै सीमित

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733127031.jpg

काठमाडौँ । कर्णाली याक्सका शिखर धवन १४ रन बनाउँदै आउट भएका छन् । जनकपुर बोल्ट्सका हर्स ठाकेरले उनको विकेट लिएका हुन् ।

 

यससँगै कर्णालीले २१ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ । यसअघि कर्णालीका देव खनाल १ रन बनाउँदै आउट भएका थिए ।

 

टस जितेको कर्णालीले सुरुवाती ब्याटिङ गर्ने निर्णय लिँदै जनकपुरलाई फिल्डिङको निम्तो दिएको थियो । 

 

एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको जनकपुर कर्णालीविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ । कर्णाली याक्स पनि पहिलो खेलमा जित निकाल्ने लक्ष्यमा छ ।