Ad Image

दोलखाको गौरिशंकर गाउँपालिकामा मतगणना जारी, माओवादीको अग्रता

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733128730.jpeg

काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा अहिले मतगणना जारी छ  । पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले दोब्बर मतले अग्रता लिएकी छन् ।


सो गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना गर्दा माओवादी केन्द्रका उम्मेदवारले ८०९ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवारले ४४७ मत प्राप्त गरेकी छन् । त्यस्तै कांग्रेसका उम्मेदवारले २४० मत प्राप्त गरेकी छन् ।

 

गौरिशंकरमा नेकपा माओवादी केन्द्रले निमलेकी शेर्पा, नेकपा एमालेले उमा लुङ्गेली मगरशेर्पा र नेपाली कांग्रेसले पासदिकी तामाङलाई उपाध्यक्ष पदको उम्मेदवार बनाएको छ ।  


सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । कुल १५ हजार ७१८ मतदाता रहेको उक्त गाउँपालिकामा आइतबार सम्पन्न मतदानमा ७ हजार ५९० मत खसेको थियो ।