कीर्तिपुर अपडेटः छ वटा वडाको मतगणना सकियो, कांग्रेसको अग्रता कायमै


काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार छ वटा वडाको मतगणना सकिएको छ ।
१२ हजार ५ सय १० मतदान भएको कीर्तिपुुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् । आयोगको पछिल्लो अपडेट अनुसार कांग्रेसका डंगोलले ३ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले पछ्याइरहेका छन् । मानन्धरले अहिलेसम्म २ हजार ७ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार २ सय ७ मतसहित चौथो स्थानमा छन् । निर्वाचन अधिकृत कार्कीका अनुसार गणना भएको मध्ये १२ हजार ५ सय १० मत सदर भएको छ भने ३ सय ६२ मत बदर भएको छ ।