फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । पछिल्लो समय घटिरहेको सुनको मूल्य फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम थियो ।
यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको हो ।