Ad Image

काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी राेजिनाले लिइन सपथ

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733217094.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार राेजिना श्रेष्ठले  सपथ लिएकी छिन् ।

आज महानगरपालिकाकाे कार्यालयमा राेजिनाले वडा अध्यक्षकाे पदमा सपथ लिएकी हुन् । 
मंसिर १६ गते भएको निर्वाचनमा वडा नम्बर १६ मा रास्वपाकी श्रेष्ठले २ हजार ९०२ ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवारले २ हजार २१४ र नेकपा (एमाले)का २ हजार २१८ मत ल्याएका थिए ।

यसअघि यो क्षेत्रमा कांग्रेसका मकुन्द रिजालले वडा अध्यक्षकाे जिम्मेवारी सम्हालेका थिए । उनकाे हृदयघातका कारण मृत्यु भएकाे थियाे ।