Ad Image

जुम्लाको पातारासी गाउँपालिकामा नेपाल टेलिकमको फोरजी सेवा

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733292094.jpg

जुम्ला ।  पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

 

उक्त टावरबाट टुजी र फोरजी सेवा सञ्चालन गरिएको छ । जिल्लाको विकट गाउँ सो वडामा गत सोमबारदेखि उक्त टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

 

नेपाल टेलिकमले टावर स्थापना गरेसँगै उक्त गाउँपालिकाका वडा नम्बर १, २ र ३ का स्थानीय पहिलोपटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका वडाध्यक्ष बलबहादुर बोहोराले बताए।

 

ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर टेलिकमले काम गरिरहेको यहाँस्थित नेपाल टेलिकम कार्यालयका प्रमुख सुवास शाहले बताए । 

 

यहाँका आठवटै स्थानीय तहका १८ स्थानबाट सञ्चार सेवा प्रवाह भएको उनले जानकारी दिए ।