Ad Image

चितवनमा रवि लामिछानेको बयान जारी, सहकारी पीडित पनि प्रदर्शनमा

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733299954.jpg

काठमाडौँ । सहकारी रकम दुरुपयोग प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान जारी  छ । बयान जारी रहँदा सहकारी पीडितहरूले पनि चितवनमा प्रदर्शन गरेका छन् ।


सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले बचत रकम फिर्ता गर्नुपर्ने भन्दै चितवनमा प्रदर्शन गरेका हुन् ।


उनीहरूले गोर्खा मिडियामा गएको ६५ करोड रुपैयाँ फिर्ता गर्नुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरूले संसदीय छानबिन समितिको प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गर्न समेत माग गरेका छन् ।


प्रदर्शनमा सहभागीहरूले आफूहरूको रकम फिर्ताका लागि आवाज उठाउँदा राजनीतिक दलको आबद्धताको आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।


उनीहरूले जीबी राईलाई पक्राउ गर, हाम्रो बचत रकम फिर्ता गरिदे सरकार लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । यस्तै फरक ठाउँमा रविका समर्थकले पनि प्रदर्शन गरेका छन् ।