Ad Image

बाह्र दिनदेखि बेपत्ता कुश्मा नगरपालिकाका वृद्ध, मोदी गाउँपालिकामा मृत भेटीए

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733304133.jfif

पर्वत । बाह्र १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् ।

 

उनी यही मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी एकाएक सम्पर्कविहीन बनेका थिए ।

 

परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि बताएको छ।