Ad Image

उदयपुरमा आगलागी हुँदा पाँच लाखको क्षति

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733376973.jfif

उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु‍‍ पाँच लाख बराबरको धनमाल जलेको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा,सुनचाँदीलगायत रु. पाँच लाख बराबरका सामान नष्ट भएको हो ।

 

घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

 

 आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए ।