Ad Image

एनपीएल: सुदूरपश्चिमद्वारा काठ्माडौँका लागि १६८ रनको टार्गेट

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733390811.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।


त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो ।

 

सुदुरपश्चिमका लागि स्कटल्यान्डका ब्याट्सम्यान ब्रान्डन म्याकमुलनले अर्धसतकीय पारी खेले । उनले ३६ बलमा ४ छक्का र ३ चौका सहित ५३ रन बनाएर आउट भए । यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले २५ बलमा २ छक्का र ३ चौकासहित ४३ रन बनाए ।

 

टस हारेर ब्याटिङमा उत्रिएको सुदुरपश्चिमले पहिलो विकेट १७ रनमा गुमाएको थियो । सैफ जाइब ९ बलमा ११ रन बनाएर आउट भएपछि विनोद भण्डारी र म्याकमुलनले सुदुरपश्चिमलाई अगाडि बढाए । उनीहरुबीच ८६ रनको बलियो साझेदारी भयो । भण्डारी २८ बलमा ३५ रन बनाएर आउट भए । उनलले दुई चौका र दुई छक्का प्रहार गरे ।

 

प्रतियोगितामा पहिलो म्याच खेलिरहेका रोहन मुस्तफा चल्न सकेनन् । उनलाई ४ रनमा रसिद खानले बोल्ड गरे । आरिफ शेख रनआउट भए ।


दीपेन्द्र क्रिजमा रहँदासम्म सुदरपश्चिम १८० भन्दा बढीको स्कोरतर्फ लम्किरहेको थियो । तर, करण केसीले १८.४ ओभरमा दिपेन्द्रलाई आउट गरेपछि सुदुरपश्चिमको गति रोकियो । त्यसपछिका ८ बलमा टीमले ५ रन मात्रै जोड्न सक्यो ।

 

काठमाडौंका रसिद खानले उत्कृष्ट बलिङ गर्दै दुई महत्वपूर्ण विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिएका थिए । दीपेन्द्रको विकेट लिएका कप्तान करण केसीले ४ ओभरमा ४० रनको महंगो बलिङ गरे । सहाब आलमले ४ ओभरमा २८ रन खर्चेर एक विकेट लिए । गेहार्ड इरास्मसले २ ओभरमा ९ रन मात्र खर्चेर एक विकेट लिए ।