Ad Image

तनहुँमा गएको बाढीले बालीमा एक करोड बढीको क्षति

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733635021.jpg

तनहुँ ।  गत असोजको बाढीबाट  तनहुँमा रु. एक करोडभन्दा बढीको बाली नष्ट  भएको छ ।  आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा रु. एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन  र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा रु. ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा रु. १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा रु. ६० हजार नोक्सान भएको छ ।

देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा रु. दुई लाख ४० हजारको नोक्सान भएको छ । देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा रु. ५० हजार र पहिराेका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा रु. एक लाखबराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपदबाट खेतबारीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषि विकास निर्देशनालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।