Ad Image

बंगलादेशले जित्यो यु-१९ एसिया कपको उपाधि, ५९ रनले भारत पराजित

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733662091.jpg

काठमाडौं । भारतलाई हराउँदै बंगलादेशले युएईमा भएको यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले पराजित गरेको हो ।


बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटियो । 

 

भारतका मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए । बंगलादेशका अजिजुल हाकिम तमिम र अजिजुल हाकिम तमिमले ३-३ विकेट लिए ।

 

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो । बंगलादेशका रिजन हुसेनले सर्वाधिक ४७ रन बनाएका थिए ।