फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
सोमबार १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो।
आइतबार सुनको मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।
आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।