एनपिएलमा लुम्बीनीले निकाल्याे पहिलाे जित, चितवन राइनाेज ३३ रनले पराजित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) काे खेलमा लुम्बिनीले पहिलाे जित निकालेकाे छ ।
लुम्बिनी टिमका कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको हाे ।
लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित दर्ता गराएकाे छ । जितका लागि रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।
पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा खाता खोलेको छ ।