Ad Image

लहान नगरपालिकामा निःशुल्क खानेपानीको धारा जडान गर्ने अभियान सुरु

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733816423.jpg

काठमाडौँ । सिरहाको लहान नगरपालिकाले पालिकाभित्रका १ हजार घरमा खानेपानीको धारा जडान गर्ने अभियान सुरु गरेको छ ।

 

चुरे क्षेत्रका इनार, कुवा र चापाकलमा पानी रसाउन छाडेपछि लहान नगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गर्ने भएको हो ।

 

नगरपालिकाले ‘वाटर एड’ र दलित जनकल्याण युवा क्लबसँग सहकार्य गरी ‘विकन’ परियोजनामार्फत एक हजार विपन्न तथा दलित परिवारको घरमा निःशुल्क खानेपानी धारा जडान गर्ने तयारी गरेको नगरप्रमुख महेश चौधरीले बताए ।

 

नगरका चुरेसँग जोडिएका वडाहरूमा खानेपानी समस्या विकराल छ । त्यही भएर नेपाल खानेपानी संस्थानको कार्यमा आयोजना सञ्चालन गरी एक हजार धारा निःशुल्क जडान गर्ने काम अघि वढाइएको हो ।

 

हाल वडा नंं. १३, १४, २४, १८, १५, १६ र १७ मा काम भइरहेको छ । लहान नगरमा लालपूर्जा नभएका सुकुम्बासीहरू बढी दलित समुदायका छन् । नगरप्रमुख चौधरीका अनुसार अघिल्लो वर्ष उनीहरूलाई सहुलियतमा धारा जडान गरिएको थियो ।

 

नेपाल खानेपानी संस्थान शाखा कार्यालय लहानका खानेपानी वितरण शाखा प्रमुख लट्टु यादवका अनुसार हालसम्म नगरक्षेत्रमा ५ हजार १४९ धारा जडान भएका छन् । लहान नगरपालिकामा २४ वटा वडा छन् ।