Ad Image

रविलाई काठमाडौंबाट पोखरा पुर्‍याइयो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733906798.PNG

काठमाडाैँ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पोखरा पुर्‍याइएको छ । उनलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्‍याइएको हो ।

 

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरेको प्रकरणमा बयानका लागि लगिएको थियो ।

 

उनलाई बुद्ध एयरको विमानस्थलबाट काठमाडौं लगिएको हो । लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।


रविलाई आज बिहान वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो भने केही बेर विमानस्थलमा राखेर पोखरा लगिएको हो । रवि चढेकै विमानमा उनकी पत्नी निकिता पौडेल पनि चढेकी छन् । उनी पनि पोखरा जान लागेकी हुन्, तर रवि र निकिता फरक फरक सिटमा छन् ।

 

रविलाई पोखराबाट बयानका लागि अस्ति वीरगञ्ज लगिएको थियो । हिजो एक दिनमै बयान सकेर आज पोखरा फर्काइएको हो । श्रीमान कास्कीको हिरासतमा रहेदेखि पत्नी निकिता पनि धेरै समय पोखरा नै बस्दै आएकी छन् ।


रविलाई लैजाँदै गर्दा पोखरामा उनको समर्थनमा प्रदर्शन भइरहेको छ । काठमाडौंबाट गएका केही ‘स्वतन्त्र अभियन्ता’ हरुको नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछिको सभामा उनीहरुले रवि लामिछानेलाई निशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।