Ad Image

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733981198.png

सुनसरी । नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म धरानमा योमरी महोत्सव गर्ने भएको छ ।     
     
दबुले बुधबार पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचौं संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए ।     
     
नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले वाष्पद्वारा पकाइएको रोटी) देवीदेवतालाई चढाएर प्रसादका रूपमा खाने चलन छ ।