Ad Image

रविलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733992371.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा गर्न थप ९ दिन हिरासतमा राख्न अनुमति मागेको हो ।


म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ । अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ ।

 

सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएक कृष्ण गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।

 

प्रहरीले उनीहरु विरुद्धको अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाउने तयारी गरिरहेको छ ।