Ad Image

नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम बढ्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734006100.jpg

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन बुधबार ४५.८८ अंकले बढेको परिसूचक आज ३५.२२ अंकले घटेर २६८०.४९ विन्दुमा अडिएको छ।  

 

नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । आज ६ अर्बमाथिको कारोबार भएको छ ।  बुधबार ५ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो।


यसदिन ३०४ स्क्रिप्सको १ करोड २२ लाख ५९ हजार ९९२ कित्ता सेयर ६ अर्ब ५७ करोड ९ लाख ६२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए । नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

 

आज जानकी फाइनान्स समूहका लगानीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो । कारोबार रकमका  आधारमा जानकी फाइनान्स शीर्ष  स्थानमा रह्यो । सो कम्पनीको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो । कारोबारमा  आएकामध्ये ४० स्टक्सको मूल्य बढ्दा २०४ वटाको घट्यो ।


दुई समूहको उपसूचक बढ्दा अन्यको घट्यो । मनु एण्ड प्रो र म्यु्चुअल फण्डको उपसूचक बढ्दा अन्यको घटेको हो ।