Ad Image

सुनको मूल्य १ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734067893.jpg

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ ।

 

अघिल्लो दिन तोलामा १ लाख ५४ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।