Ad Image

अन्नपूर्ण गाउँपालिकामा बन्दैछ २८ लाखको खेलमैदान

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734069663.jpg

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन  समुदायबाट रु‍. २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

 

अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको हो ।

 

समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेको पनि वडाध्यक्ष खड्काले बताए ।  

 

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले रु‍ १३ लाख ५० हजार, रु‍ पाँच लाख ५५ हजार चन्दा सङ्कलन भएको ५ । त्यस्तै हाल जापानमा रहेका घारका ददीवल खड्काबाट रु‍ पाँच लाख, घार कोटमन्दिरबाट रु‍ एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उनले जानकारी दिए ।