Ad Image

लुम्बिनी अन्तिम खेलमा पनि कर्णालीसंग ५ रनले पराजित, प्लेअफ नजिक पुग्यो कर्णाली

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734076211.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सलाई  ५ रनले पराजित गरेको छ ।

 

कर्णालीले दिएको १२९ रनको लष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिन ५ रनले चुकेको हो ।


यस जितपछि कर्णाली प्लेअ नजिक पुगेको छ । यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी भने अन्तिम खेलमा पनि पराजित भएको छ ।

 

लुम्बिनीले लिगको सबै सात खेल खेलिसक्दा यो छैटौं हार हो । लुम्बिनीले एक खेल मात्र जित्न सक्यो ।

 

लगातार चौथो जित हात पारेको कर्णाली ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । अब कर्णालीले लिगको अन्तिम खेल आउने सोमबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ ।

 

लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दिप जोराले २४ तथा आशुतोष घिरैया र साद विन जफरले समान १६ रन जोडे ।

 

बलिङमा कर्णालीका जिसान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, ननुदन यादव, विपिन शर्मा र विलियन बोसिस्टोले १/१ विकेट लिए ।

 

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

 

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका  र ३ छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

 

बलिङमा लुम्बिनीका लागि विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए ।