माओवादीको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सर्यो


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो ।
खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो ।