Ad Image

मालिका गाउँपालिका भएर बग्ने मराङखोलामा पक्की पुल निर्माण सुरु

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734237819.jpg

मङ्सिर । बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक आयोजनाअन्तर्गत मालिका गाउँपालिका–७ भएर बग्ने मराङखोलामा पक्कीपुल निर्माण सुरु भएको छ ।

 

गण्डकी प्रदेश सरकारको रु. पाँच करोड ९६ लाख ६४ हजारको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । 

 

पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वीरुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन् ।