Ad Image

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734242110.jpg

काठमाडौँ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ ।

 

गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू. एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू. एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू. एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

चाँदीको मूल्य प्रतितोला रू. २० घटेको छ  । शुक्रबार प्रतितोला रू. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू. एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।