Ad Image

दुर्गम पलाँता गाउँपालिकामा पुग्यो टेलिकम

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734332599.jpg

कालीकोट । कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । पलाँता गाउँपालिकामा सञ्चारको सेवा नपुगेका कारणले सञ्चारको सेवा पुर्‍याउनका लागि नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।

 

पलाँता गाउँपालिका–४ को रिज्जेव डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । टावर जडान भएपछि पलाँता गाउँपालिकाको ९० प्रतिशत ठाउँमा सञ्चार पुग्ने दूर सञ्चार कार्यालय कालीकोट कार्यालय प्रमु प्रेमसिंह विष्टले बताए।

 

गाउँपालिकाको–२, ३, ४, ५, र ६ मा सबै क्षेत्रमा काम गर्नुका साथै पचालझरना गाउँपालिकामा समेत सञ्चार सेवा पुग्ने विष्टले बताए । उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रमा सञ्चारको सेवा पुर्‍याउने लक्ष्य अनुसार टावरको स्थापना भएर सञ्चालनमा आएको हो ।” टावरको सञ्चालनमा आएसँगै नेपाल टेलिकमको फोरजी र फाइभजी सेवा विस्तारको काम अन्तिम चरणमा पुगेको गाउँपालिका–४ का वडाध्यक्ष तिलक बुढाले जानकारी दिए ।

 

गाउँमै फोरजी फाइभजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालन हुन लागेको छ, जस्ले त्यहाँका सञ्चारको सेवाबाट वञ्चित नागरिकलाई राहत दिने अध्यक्ष बुढाले जानकारी दिए ।

 

यहाँ सञ्चार सेवा तथा इन्टरनेट सेवा नहुँदा नागरिकलाई निकै सास्ती भएको र सूचना प्रवाहबाट नागरिक वञ्चित हुनुपरेको टेलिकम टावर स्थापनाले सहज हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायले बताए ।