Ad Image

नेप्से २.९५ अंकले बढ्यो

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734428987.jpg

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य अंकको वृद्धि भयो । यसअघिका केही कारोबार दिन लगातार घटेको बजार मंगलबार अन्तिम समयमा करिब ३ अंकले बढेको हो ।

न्यून अंकले बजार बढ्दा परिसूचक २६३३.८७ बिन्दुमा छ ।


मंगलबार ११७ कम्पनीको मूल्य बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


मंगलबार ११७ कम्पनीको मूल्य घटेको छ । जसमा कुथेली बुखरी जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आरबीबी म्युचुअल फन्ड २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घट्यो । मंगलबार १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।


३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार कुनै पनि उपसमूहको सूचक १ प्रतिशत पनि बढ्न सकेन ।