Ad Image

लेखा समिति संयोजक ऋषिकेशकी श्रीमती अञ्जलासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734429765.png

काठमाडौँ । सहकारीको रकम अपचलनका विषयमा प्रतिनिधिसभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

 

मोरङको कर्सीयामा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनका विषयमा अञ्जलाविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो ।

 

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले अञ्जलासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको हो ।

 

उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै दायर भएको अभियोगमा उनीसँगै २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

 

उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा गरिएको छ ।