Ad Image

भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734495206.JPG

काठमाडौं । भक्तपुरमा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् । घरायसी विवादमा भक्तपुर नगरपालिका वडा नम्बर–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्ने ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् ।

उनको उपचारको क्रममा राति पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । अछामको कमलनगर नगरपालिका–६ घर भएका शाही उनीहरू भक्तपुर बस्दै आएका थिए ।

हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।