Ad Image

थिमीमा पुस १२ गतेदेखि मध्यपुर महोत्सव हुने

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734594215.jpeg

काठमाडौँ । भक्तपुरको थिमीमा ‘मध्यपुर महोत्सव’ हुने भएको छ । मध्यपुर थिमी नगरपालिकाको आयोजनामा पुस १२, १३ र १४ गते मध्यपुर महोत्सव हुने भएको हो ।


बिहीबार मध्यपुर थिमी नगरपालिकाले पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । नयाँ ठिमीको शंखधर चोकबाट सुरु भई महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चापाचो, नगदेश र बोडे हुँदै तिगनीको निलबाराही क्षेत्रमा सञ्चालन हुने समेत नगरपलिकाले जानकारी दिएको छ ।


महोत्सवको मुल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालीन रुपमा नगर  र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।